महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्व छुट दिने सरकारले नीति ल्याएपछि दाङमा महिलाहरूको नाममा जग्गा पास गराउनेको सङ्ख्यामा बृद्धि भएको जिल्ला मालपोत कार्यालय, दाङले जनाएको छ ।
मालपोत कार्यालय, दाङका प्रमुख भरतकुमार बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाका करिब आठ हजार महिलाले सो सुविधा लिएका छन् । प्रमुख बुढाथोकीका अनुसार सात हजार ८३८ जना महिलाले यो सुविधा लिई रु एक करोड ३३ लाख ७८ हजार ६७९ राजस्व छुट पाएका छन् ।
यसरी छुट पाउनेमा चारहजार १८ जना यहाँका ग्रामीणस्तरका महिला छन् भने तीनहजार ८२५ जना सहरी क्षेत्रका महिला रहेको जनाइएको छ । सहरी क्षेत्रका आठहजार १७७ जना महिलाले रु ९८ लाख २५ हजार ६९९ छुट पाएका छन् ।
त्यस्तै सरकारले जनआन्दोलन-२ का घाइते र सहिद परिवारका नाममा जग्गा पास गर्दा लाग्ने शुल्क पूरै मिनाहा गर्ने नीति ल्याए पनि दाङमा हालसम्म यो सेवा एकजनाले पनि नलिएको बताइएको छ ।
त्यस्तै अपाङ्ग, दलित, जनजाति समुदायका महिलाका नाममा जग्गा पास गर्दा पनि २५ प्रतिशत रजिस्ट्रेसन शुल्कमा छुट दिने प्रावधान भए पनि न्यून सङ्ख्यामा मात्र महिलाले सेवा लिएको जनाइएको छ ।
आˆनो नाममा जग्गा स्वामित्व आउने गरेपछि महिलामा आत्मविश्वास बढाउनेे सो कार्यालयमा जग्गा आˆनो नाममा पास गराउन आउनुभएकी तुल्सीपुर-५ की नीरा ढुङ्गानाले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ- “मलाई आˆनो नाममा जग्गा राख्न पाउँदा धेरै हौसला मिलेको छ । यसले धेरै कुरा सिक्न समेत पाइँदो रहेछ ।”
स्रोत: http://www.onlinekhabar.com, २०६७ अषाढ२१, सोमबार
No comments:
Post a Comment