
कुखुरा व्यवसायीहरुले नेपालमा करिब १६ अर्बभन्दा बढी रकम लगानी गरेको एक एक तथ्य सार्वजनीक भएको छ। एभियन इन्फ्लुन्जा रोग सम्बन्धी जानकारी दिनकालागि कन्चनपुरमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले यस्तो जानकारी दिएको हो ।
व्यवसायीहरुले १६ अर्ब बढी रकम लगानी गरेर ६५ हजार बढीलाई रोजगारी समेत दिएका सो कार्यक्रममा जनाईएको छ । उनीहरुले दैनिक ४ करोड बराबरको आम्दानी गर्ने गरेको कार्यक्रममा एभियन इन्फ्लुन्जा नियन्त्रण आयोजनाकी परामर्शदाता रागीश्री श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भारतका विभिन्न स्थानबाट नेपालमा कुखुराहरु भित्र्याउने गरिएको भन्दै त्यसमा कडाई नगरे रोग सर्न सक्ने बताउनुभयो ।व्यवसायीहरुले सुरक्षित रुपमा कुखुरा पालन व्यवसाय थाल्नुपर्ने र व्यवसायलाई व्यवस्थित पार्नका लागी जिल्ला पशु सेवा कार्यालय लगायतका सरोकारवाला निकायले ध्यान दिनुपर्नर् बताएका छन् ।
इन्फ्लुन्जा रोग सर्न नदिनकालागी गरिनुपर्ने सचेतना कामका बारेमा जानकारी दिनकालागि आयोजित कार्यक्रममा इन्फ्लुन्जा रोगबाट बच्न अपनाउनुपर्ने सुरक्षाका बारेमा जानकारी दिइएको थियो।
स्रोत: http://www.onlinekhabar.com
No comments:
Post a Comment