खोज्नुस

Sunday, July 18, 2010

गरिब नेपाली २५ प्रतिशत मात्रै

राष्ट्रिय योजना आयोगले नेपालको गरिबीको दर २५.४ प्रतिशत रहेको दाबी गरेको छ। युएनडिपीका लागि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययन प्रतिवेदन अनुसार ६५ प्रतिशत नेपाली गरिब रहेको तथ्याङ्क सार्वजनिक भएपछि आयोगले सो दाबी गरेको हो।
आयोगका उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेल, सदस्य डा.पुष्कर बज्राचार्य र केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्लले सन् २००३-२००४ सम्म प्रतिव्यक्ति प्रतिवर्ष दुई हजार १४४ क्यालोरी खाना उपभोग गर्ने गरेकामा त्यही तथ्याङ्कलाई मूल्यमा तुलना गरेर गरिबीको प्रतिशत तय गरिएको जानकारी दिए। उक्त प्रतिवेदनले भने पोषण, विद्युत्, खाद्य इन्धन, खानेपानीको उपभोग तथा सरसफाइ, मातृ मृत्युदर, विद्यार्थीको भर्नादर, बसोवास र सम्पत्तिको उपलब्धतालाई आधार बनाएर ६५ प्रतिशत गरिबीको मापन गरेको थियो।

सो प्रतिवेदनले विश्वका विभिन्न देशको गरिबीको दरमा परिवर्तन ल्याउने शंका गर्दै आयोगका सदस्य डा बज्राचार्यले प्रयोगमा ल्याइएका ती आधार आफूहरूका लागि पनि अध्ययनको विषय बनेको उल्लेख गरे। विभागका महानिर्देशक मल्लले विगतको तुलनामा गरिबीको दर ३१ प्रतिशतबाट घटेर २५.४ पुगेपनि गरिब र धनीबीचको खाडल भने बढेका उल्लेख गरे।

स्रोत: http://nagariknews.com

No comments:

Post a Comment