धेरै भीडभाड भएको ठाउँ वरिपरि मोबाइल टेलिफोनबाट कुराकानी हुनसक्नु भनेको ठूलो जीत हात लागे सरह हुन्छ। अझ जुलुश र आमसभा भएको ठाउँमा टेलिफोन लाग्दै लाग्दैन। लागिहाले पनि कुराकानी नबुझिने, बीचमै काटिनु सामान्य भैसकेको छ।
यस्तो समस्यालाई समाधान गर्न सरकारी स्वामित्वको नेपाल टेलिकमले गाडीमै राख्ने मोबाइलको बेस ट्रान्सिभर स्टेसन (बिटिएस) टावर किन्ने निर्णय गरेको छ। १६ वटा बिटिएस सहितको गाडी किनेर भीडभाड बढी हुने र कुनै कारणले बिटिएस डाउन भएको अवस्थामा परिचालन गर्ने तयारी टेलिकमको छ।
'गुणस्तरलाई सुधार्न र मानिसको बढी चहलपहल हुने ठाउँमा समस्या नहोस् भनेर यस्तो बिटिएस किन्ने निर्णय गरेका हौं,' टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले भने। उनले ६/७ महिनाभित्र बिटिएस सहितको गाडी काठमाडौं लगायत कम्पनीका क्षेत्रीय कार्यालयहरुमा राखिसक्ने योजना रहेको बताए।
काठमाडौंमा बढी भीडभाड हुने बानेश्वर, खुलामञ्ज र खेल हुँदा दशरथ रंगशालामा यस्ता गाडीलाई परिचालित गरिनेछ। 'हामीले गिरिजाप्रसादको अन्त्येष्टी समारोहमा मोबाइल फोन नलागेर साह्रै नमिठो अनुभव भोग्नुपर्यो, यस्तो अवस्था नआओस् भनेर यस्ता गाडी किन्ने निर्णयमा पुगेका हौं,' सिंहले भने।
मोबाइल सेवा निर्देशनालयका प्रमुख जीवनरत्न शाक्यले १६ वटा मध्य तीनवटा भने पुरै व्याकअप र सिस्टम समेत रहनेगरि किन्न लागिएको छ। प्राकृतिक एवं दैवी प्रकोपको समयमा टावर सहितको गाडी परिचालन गरेर सेवा सञ्चालन गर्ने कम्पनीको योजना छ।
झट्ट हेर्दा क्रेन जस्तो लाग्ने मोबाइल बिटिएस भ्यानमा टावरलाई फोल्ड गरेर राखिएको हुन्छ। मोबाइल टेलिफोनले काम नगरेको ठाउँमा लगेपछि अग्लो बनाएर राखिन्छ। जसले गर्दा वरिपरि रहेकाले सजिलै कुराकानी गर्न सक्छन्।
मोबाइल टेलिफोन गुणस्तरको विषयमा ग्राहकदेखि प्रधानमन्त्री, मन्त्रीबाट समेत बारम्बार आलोचित हुनुपरेपछि सेवा सुधार्न टावर सहितको गाडी किन्ने निर्णय टेलिकमले गरेको हो। यस्ता गाडीहरु किन्नको लागि टेलिकमले ग्लोबल टेण्डर समेत गरिसकेको छ।
कुनै ठाउँमा मोबाइलको सिग्नल कमजोर देखियो र त्यहाँ रहेको टावरमा समस्या आएको अवस्थामा तत्कालै टावर सहितको गाडीलाई त्यहाँ लगिनेछ। जसले गर्दा त्यो ठाउँमा बस्ने मोबाइलका उपभोक्तालाई कुराकानी गर्न समस्या नहुने टेलिकमको दावी छ।
'जुलुस, आमसभा हुँदा त्यस्तो ठाउँमा मोबाइल टेलिफोनले भनेको समयमा काम नगर्ने हुन्छ, त्यहाँ गाडीमा रहेको टावर राख्दा सयौंले एकै पटक कुराकानी गर्न सक्छन्,' शाक्यले भने। छिमेकी देशहरु भारत, चीन लगायत संसारभरिकै मोबाइल सेवा प्रदायकहरुले यस्तो गाडीलाई परिचालन गरिरहेका हुन्छन्।
टेलिकमले पहिलो पटक यस्तो गाडी किन्न लागेको हो। यसको लागि एउटै गाडीको कम्तीमा दुईदेखि साढे दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
टेलिकमले किन्न लागेको सिस्टम सहितको बिटिएस गाडीलाई भने प्राकृतिक प्रकोपको अवस्थामा परिचालन गर्न सकिन्छ। यसमा रहने सिस्टमले गर्दा प्राकृतिक प्रकोपको अवस्थामा पनि डाटाहरु नष्ट नहुनेगरि गाडीमै सबै राखिनेछन्। भुईचालोले भवनहरु भत्केमा, आगलागी भएका पनि मोबाइल टेलिफोन पुर्ण रुपमा बन्द हुनबाट जोगाउन सकिने शाक्यले बताए।
टेलिकमले काठमाडौंमा मात्र नभै बिराटनगर, बीरगन्ज, पोखरा र नेपालगन्जमा समेत यस्तो मोबाइल टावर गाडीलाई 'स्ट्याण्डबाई' रुपमा राख्ने निर्णय गरेको छ। बिटिएस सहितको गाडी चीनको हुवाई, जापानको मित्सुबिसी कम्पनीले बनाइरहेका छन्
Wednesday, July 7, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment