नेपालमा विस्तार भइरहेका ब्यबस्थित आबाश बिकाशको बजार नेपालभित्र मात्र हैन् नेपाल बाहिर बसेका नेपालीसम्म पनि छ भन्ने पुष्टी गरिदिएका छन् राजन कर्माचार्यले । नेपालमै पहिलोपटक घरजग्गासम्बन्धी मेला आयोजना गरेको फष्ट काठमाण्डुले अमेरिका र अष्ट्रेलियामा समेत मेलाआयोजना गरेको छ ।
फष्ट काठमाण्डुले सन् २००८ को डिसेम्वर २७ र २८ तारिखमा न्यूयोर्कमा घरजग्गा मेला आयोजना गरेको थियो जसमा करिव सात हजारजति दर्शक आएको प्रवन्ध निर्देशक राजन कर्माचार्यले बताउनुभयो । दुई दिने सो मेलाबाट नेपालका १ सय ७० युनिट घर तथा अपार्टमेन्ट बुकिङ भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै फष्ट काठमाण्डुले नै सन् २००९ मा अष्ट्रेलियामा पनि दुई दिने मेला आयोजना गरेको थियो ।
अमेरिकाको न्यूयोर्कमा निकै छिटो घरजग्गा मेलाको अर्को संस्करण आयोजना हुने कर्माचार्यले जानकारी दिनुभयो । ‘अर्को महिना अमेरिका जाँदैछु, त्यही पुगेर स्थानीय नेपाली अगुवाहरुसंगको परामर्शमा मिति र स्थान तोकिनेछ-नेपालीखबरसंग काठमाण्डौंमा कुरा गर्दै कर्माचार्यले भन्नुभयो । जापान र कोरियामा पनि नेपाली घरजग्गा मेला आयोजनाका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
दुईवटा घरजग्गा मेला गरिसकेका कर्माचार्यका अनुभवमा रिङरोड आसपासमा एक करोड रुपैयाँभन्दा कम मूल्यका एकल घर तथा अपार्टमेन्टमा नेपाल वाहिर वसिरहेका नेपालीको आर्कषण देखिन्छ । निर्माणको गुणस्तर, इन्सुरेन्स, लालपूर्जा पाउने नपाउने तथा पानी, बिजुली र सवारीको सुबिधा भए, नभएको बारेमा मेलाका सहभागीहरुले चासो दिएका थिए । फष्ट काठमाण्डौले नेपालमा पनि पहिलोपटक घरजग्गा मेलाको आयोजना गरेको थियो ।
कर्माचार्यका अनुभवमा नेपालको रियलस्टेट क्षेत्रपनि प्रवासमा वसिरहेका नेपालीहरुका लागि लगानीको क्षेत्र हुने देखिएको छ । ‘बस्ने प्रयोजन तथा बिजनेसका लागि नेपालमा घर तथा अपार्टमेन्ट किन्न खोजेको मैले पाएको छु’-कर्माचार्यले भन्नुभयो-’नेपालको रियलस्टेट लगानीका लागि आर्कषक क्षेत्र बन्नसक्छ ।
No comments:
Post a Comment