खोज्नुस

Wednesday, May 26, 2010

एडीबीले सात अर्ब ४६ करोड दिने

काठमाडौं, जेठ ११- एसियाली विकास बैंकले नेपाललाई सात अर्ब ४६ करोड रुपैयाँको सहयोग गर्ने भएको छ। हवाई यातायातको क्षमता विकास परियोजनाका लागि पाँच अर्ब ६१ करोड ४३ लाख १० हजार र दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाका लागि एक अर्ब ८५ करोड २५ लाख ९१ हजार रुपैयाँ अनुदान तथा ऋण सहयोग दिने भएको हो।


Tuesday, May 25, 2010

शेयर बजार उकालो लाग्यो


मंगलबार शेयर बजारले तिब्र गती लिएको छ ।अघिल्लो दिन ४६२.६३ अंकमा  बन्द भएको नेप्से मंगलवार १९.८१ अंकले वृदी हुँदै ४८२.४४ अंकमा पुगेको छ । यस अघी नेप्सेमा निकै  उतार चढाव देखिएपनी ठुलो अंकले फड्को मार्दै नेप्सेले शेयर लगानिकर्ताहरुमा आशाको दियो जगाइदिएको छ ।

नेपाल स्टक एक्स्चेन्ज को अनुसार यस दिन ९ सय ६७ कारोबारमा ४ करोड ६६ लाख ५४ हजार रुपैया बराबरको १ लाख ८ हजार्१ सय९१ कित्ता शेयर किनबेच भएका छन । यस दिनको कारोबार रकम तिस दिन यताकै सबैभन्दा धेरै कारोबार रकम भएको एक्स्चेन्जले जनाएको छ ।तीस दिन अगाडी कारोबार रकम ४ करोड ७६ लाख ५५ हजार बराबरको थियो ।

सेयर जारी गर्न सजिलो

काठमाडौं, जेठ ११ (नागरिक)- वित्तीय क्षेत्रबाहेकका कम्पनीलाई सेयर बजारमा आकर्षित गर्न धितोपत्र बोर्डले 
निर्माण अवधिमा नै सर्वसाधारणसँग पैसा संकलन गर्न पाउने व्यवस्था गरेको छ।

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा संशोधन गरी सहज वातावरण बनाएको हो। 'सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षित गर्न निर्माण अवधिमा नै पुँजी संकलनका लागि सर्वसाधारणलाई सेयर बिक्री गर्न पाउने व्यवस्था गरिएको छ,' बोर्डका अध्यक्ष शूरवीर पौड्यालले भने।

नेप्सेमा झिनो सुधार












नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य वृद्धि भएको छ । परिसूचक ० दशमलव ०६ अंकले बढेर  कारोबार बन्द हुँदा ४ सय ६२ दशमलव ६३ अंकमा पुगेको छ ।












यस दिन वित्तीय क्षेत्रको कारोबार ० दशमलव २४ र अन्य क्षेत्रको १६ दशमलव ४५ अंकले तल झरेको छ । जलविद्युत् र व्यापार क्षेत्रको कारोबार भने क्रमशः १० दशमलव ०६ र ५ दशमलव १४ अंकले बढेको छ । सोमबार ५२ हजार सेयर कित्ताबाट २ करोड १३ लाख ८७ हजार ४ सय १७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा संलग्न कम्पनीमध्ये अपी फाइनान्स र पशुपति विकास बैंक सबैभन्दा बढी फाइदामा रहे भने वाणिज्य बैंकमध्ये एसबिआई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा बढी फाइदा गरेका छन् ।

Monday, May 24, 2010

ओरालो लाग्यो सुनको मूल्य

काठमाडौ, जेष्ठ ९ - स्थानीय बजारमा यस साता सुनको मूल्य उच्च बिन्दुमा पुगेर घट्न थालेको छ । साताको दोस्रो दिन तोलामा ३५ हजार रुपैयाँ नाघेर रकर्ड कायम गरेको मूल्य अन्ततिर ओरालो लागेको हो 
गि्रसको आर्थिक संकटले युरोपेली संघअन्तर्गतका मुलुक चिन्तित भएका र त्यसको प्रभाव इटाली, पोर्चुगल र स्पेनमा समेत देखिन थालेको थियो । त्यसबाट आत्तिएका लगानीकर्ताले धमाधम सुनमा लगानी गरेपछि यो साता सुनको मूल्यले रेकर्ड कायम गरेको हो ।