खोज्नुस

Sunday, May 30, 2010

नेप्सेमा तीनपटक सर्किट ब्रेकर


आइतबार नेपाली शेयर बजार अनौठो प्रकारले बन्द भएको छ । शेयर कारोबार सुरु भएको १ घण्टा पनि नबित्दै अपरान्ह १२ बजेर ४२ मिनटमा नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ३ प्रतिशतले बढ्यो र नेप्सेले पहिलो सर्किट ब्रेकर लागु गर्दै १५ मिनटको लागी शेयर कारोबार स्थगित गर्‍यो । शेयर बजार पुना सञ्चालन हुन नपाउँदै पुन: १ बजेर ११ मिनटमा नेप्से ४ प्रतिशतले बृद्दी भयो जसले गर्दा शेयर बजार फेरी अर्को पटक ३० मिनट को लागी बन्द गरियो । दोस्रो सर्कित ब्रेकर्को समप्ती सँगै शेयर बजार सुरु मात्र क भएको थियो करिब २ बजे नेप्से परीसुचकले ५ प्रतिशतको बृद्दी लियो र तत्पस्चात 
नेप्सेले यस दिनको शेयर कारोबार बन्द भएको जानकारी दियो ।शेयर बजारको इतिहासमा यस प्रकरको घटना यस भन्दा पहिला एक चोटी दुई वर्ष अगाडी मात्र देखा परेको थियो
   

निजी बैंकहरू ग्रामीण क्षेत्रतिर आकषिर्त

 निजी क्षेत्रका बैंकहरू मोरङको ग्रामीण क्षेत्रतर्फ आकषिर्त हुन थालेका छन् । वर्ष दिनको अवधिमा मोरङको कञ्चनबारी, विराटचोक, बेलबारी, उर्लाबारी, लेटाङ र पथरीजस्ता ग्रामीण क्षेत्रका बजारमा दर्जनभन्दा बढी निजी बैंकले शाखा कार्यलय खोलेका छन् । विराटनगरमा दुई दर्जनभन्दा बढी निजी बैंकले कारोबार गर्दै आएका छन् ।मध्यम वर्गका ग्राहकलाई आकषिर्त गर्न ग्रामीण बजारमा निजी बैंकले शाखा विस्तार गरेको सम्बद्ध बैंकहरूको भनाइ छ । ग्रामीण बजारमा आँखा पुर्‍याउने बैंकहरूमा कुमारी, बैंक अफ काठमान्डु, मितेरी, विराट लक्ष्मी, सानीमा बैंक, सनराइज, पाथीभरा, एस डेभलपमेन्ट बैंकलगायत छन् ।

Friday, May 28, 2010

सुनको मुल्य प्रतितोला ३५ हजार ७ सय


काठमाडौ, जेष्ठ १३ । विवाहको सिजन सँगसँगै सुनको मुल्य पनि उकालो लाग्ने क्रम बढीरहेको छ । गत महिनादेखि नै बृद्धि भएको सुनको मृल्य बुधबार स्थानीय बजारमा प्रतितोला ३५ हजार ७ सय रुपैयाँ पुगेको छ । मुल्य बृद्धि सँगसँगै सुनको निर्यात कम भएको छ 

Wednesday, May 26, 2010

नेप्से ओरालो लाग्यो

साताको अघिल्लो दुई दिन झिनो रुपमा बढ्दै मंगलबार दुइ अंकको बृद्दी लिएको शेयर बजार बुधवार एक्कास्सी घटेको छ । मंगलबार राजनीतिक सहमती हुने आशमा १९.८१ ले बढेर ४८२.४४ म बन्द भएको नेप्से बुधवार ३.०४ अंकले घट्दै ४७९.४ मा पुगेको छ ।

बुधवार शेयर बजारमा कुल ११ सय २ कारोबार संख्यामा १४ हजार ४ सय ३० कित्ता शेयर को कारोबार हुँदै ४ करोड ८९ लाख ६ हजार बराबरको कारोबार रकम कायम भएको छ । कारोबार रकमको आधारमा बैंक अफ काठमाडौं, नबिल बैंक, स्ट्यान्डर्ड चारटर्ड बैंक सुचिको अग्रपङतिमा छन ।

कृषि विकास बैंकको साधारण शेयर बाँडफाँड सम्बन्धि सुचना