खोज्नुस

Thursday, June 10, 2010

नेप्सेमा पुन: गिरावट

साताका सुरुका दुइ दिन घटेको शेयर बजार त्यसपछिका दुइ दिन बढ्दै सुधार उन्मुख देखिएतापनी अन्तिम दिन आएर शेयर बजार पुन: ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा बिहिबार नेप्से परीसुचक १.७८ अंकको ह्रास वेहोर्दै ४८४.८२ बिन्दुमा पुगेको छ ।

बिहिबार शेयर बजारमा कुल ७० वटा कम्पनिको शेयर कारोबार भएका छन जस अनुसार १ हजार ३ सय ४२ कारोबारबाट ५ करोड १ लाख ८५ हजार बराबरका १ लाख ८ हजार १ सय २८ कित्ता शेयर खरिद बिक्री भएका छन । बुधबार भन्दा बिहिबार करोबार संख्या, कारोबार रकम र कारोबार भएका शेयर संख्या बढी भएपनी कारोबार भएका कम्पनी संख्या चाँही कम नै छ ।

शेयर कारोबार सुरु

कास्ठमन्डप डिभेलपमेन्ट बैंक  लिमिटेडको शेयर खरिद बिक्री आजबाट सुरु भएको कुरा नेप्सेले जनाएको छ ।

Wednesday, June 9, 2010

शेयर बजारमा सुधार



साताको सुरुको दुइ दिन घटेतापनी हिजो बाट सुधार उन्मुख भएको शेयर बजारमा आज पनि सोही क्रमले निरन्तरता पएको छ । बुधबार नेपालको शेयर बजार मापन गर्ने एकमात्र नेप्से परीसुचक ३.८४ अंकले उकालो लाग्दै ४८६.६ बिन्दुमा पुगेको छ ।

बुधबार शेयर बजारमा कुल ७३ वटा कम्पनिको शेयर कारोबार भएका छन जस अनुसार १ हजार २३ कारोबारबाट ३ करोड ५१ लाख ६७ हजार ५ सय बराबरका ८०  हजार ७ सय ९० कित्ता शेयर खरिदबिक्री भएका छन ।अघिल्लो  दिनको तुलनामा आज कारोबार भएका कम्पनि,शेयर संख्या र कारोबार रकम सबै नै बढी छन ।

सुनको मूल्य अर्को रेकर्डमा

विवाहका लागि सुन किन्ने योजना बनाएका उपभोक्ताले सुनका लागि बजेट बढाउनुपर्ने भएको छ । दुई सातादेखि लगातार बढेको सुनको मूल्यले मंगलबार फेरि नयाँ रेकर्ड कायम गरेको हो । सुन मूल्य निर्धारणको जिम्मा पाएको सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य ३६ हजार २ सय -प्रतिदस ग्राम ३१ हजार ३५) रुपैयाँ पुगेको छ । यो मूल्यले गत बुधवारको रेकर्ड तोडेको हो । गत बुधबार प्रतितेला सुनको मूल्य ३६ हजार ५० -दस ग्राममा ३० हजार ९ सय १०) रुपैयाँ थियो । मंगलबार सोमबारभन्दा तोलामा ५ सय ५० रुपैयाँ बढेर सुनको मूल्य निर्धारण भएको हो । सोमबार प्रतितोला सुनको मूल्य ३५ हजार ६ सय ५० -प्रतिदस ग्राममा ३० हजार ५ सय ६५) रुपैयाँ कायम भएको थियो ।

Tuesday, June 8, 2010

नेप्से उकालो लाग्यो


खुलेदेखी लगातार दुइ दिन घट्दै आएको शेयर बजार मंगलबार आएर उकालो लागेको छ । यस दिन शेयर बजार मापन गर्ने नेपालको एकमात्र नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ४.२७ अंकले माथी चढ्दै ४८२.७६ बिन्दुमा पुगेको छ ।

मंगलबार शेयर बजारमा कुल ७३ कम्पनिका शेयर कारोबार भएको छ जस अनुसार ११२० कारोबारबाट ५ करोड २८ लाख १६ हजार ५ सय बराबरको २ लाख ५४ हजार ९ सय ९२ कित्ता शेयर खरिद बिक्री भएका छन ।