खोज्नुस

Monday, July 5, 2010

बैंकिङ सचेतताको कमी


नेपाल राष्ट्र वैंकका गर्भनर डा युवराज खतिवडाले नेपालमा वैंकिङ सचेतताको कमीका कारण  समस्या भएको बताउनुभएको छ।
डेभलपमेन्ट वैङकर्स एशोशिएशनद्धारा आज यहाँ आयोजित नेपालका वैंक तथा वित्तीय संस्थामा देखिएका जोखिमलाई न्यूनीकरण विषयक अन्तर्क्रियामा उहाँले वैंकिङ क्षेत्रमा लाग्नेहरूको धैर्यता नभएको बताउदै वैंक खोलेपछि तत्कालै नाफा आर्जन गर्न सकिन्छ भन्ने धारणालाई दिमागबाट  हटाउन सुझाव दिनुभयो।  
गर्भनर डा खतिवडाले वैकिङ क्षेत्रमा बढी भन्दा बढी घरजग्गामा कर्जा प्रवाह गरिरहेका कारण यसको जोखिम न्यूनीकरण  गर्न साहै्र गाह्रो परिरहेकोले यसतर्फ वैंक तथा वित्तीय संस्था सचेत हुनुपर्छ भन्नुभयो। 
उहाँले यस प्रकारको अन्तर्क्रियाले वैंकमा कर्जा प्रवाह, मौद्रिक तरलतालगायतका जोखिमलाई सजिलै वहन गर्न सक्ने क्षमता वृद्धि हुनेमा आशावादी रहेको बताउनुभयो।
सो कार्यक्रममा डेभलपमेन्ट वैंकर्स एसोशिएशनका अध्यक्ष झपडबहादुर बोहोराले नेपाल राष्ट्र वैंकले समय सापेक्ष अन्य वैंक तथा वित्तीय संस्थालाई पनि राहत दिनुपर्नेमा जोड दिनुभयो।

 स्रोत:  http://www.weeklynepal.com, २०६७ अषाढ २१ ,सोमबार 

Friday, June 25, 2010

शून्य भन्सार सुविधा अर्को साताबाट


चीनले नेपाललाई अर्को सातादेखि भन्साररहित बजार सुविधा दिनेभएको छ। विश्वका अति कम विकसित मुलुकको सूचीमा रहेको नेपालसहित विश्वका ३३ मुलुकलाई आगामी असार १७ गतेका दिनदेखि भन्साररहित बजार सुविधा दिन लागिएको चीनको अर्थ मन्त्रालयले जनाएको छ। 
 
शून्य भन्सार सुविधा पाउनेमा नेपालसहित दक्षिण एसियाका बङ्गलादेश र माल्दिभ्स छन्।  
त्यसैगरी २६ अफ्रिकी मुलुकले पनि नेपालसँगै यो सुविधा उपयोग गर्ने अर्थ मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।

तुलनात्मक लाभका वस्तु र सेवा पहिचान


नेपालले निर्यात प्रयोजनका लागि तुलनात्मक लाभ भएका १९ वस्तु पहिचान गरेको छ । उत्पादन क्षमता र अन्तर्राष्ट्रिय बजारका आधारमा वाणिज्य मन्त्रालयले १२ वस्तु र ९ सेवा क्षेत्रको पहिल्याएको हो ।
सम्भावित उत्पादनहरूमा ७ वटा कृषि र कृषिजन्य वस्तु छन् । अलैंची, अदुवा, मह, दाल चिया, चाउचाउ र औषधिजन्य जडिबुटी तुलनात्मक लाभ भएका कृषिजन्य उत्पादनका रूपमा लिइएको छ । पछिल्ला वर्षहरूमा अलैंची, दाल र चियाले राम्रो अन्तर्राष्ट्रिय बजार लिइरहेका छन् । गत वर्ष करिब २ अर्ब रुपैयाँको अलैंची निर्यात भएको थियो भने करिब ४ अर्ब रुपैयाँ बराबरको दाल बंगलादेश मात्रै निर्यात भएको थियो ।

अत्यावश्यक घरजग्गाको मात्र कारोबार



राजधानीमा अत्यावश्यक घरजग्गाको कारोबार मात्र हुन थालेको छ । प्लटिङ गरी बिक्री गर्नेको संख्यामा उच्च गिरावट आएपछि सरकारको राजस्व अघिल्लो वर्षको तुलनामा आधा घटेको छ । 'नगरी नहुने कारोबार मात्र भएका छन्,' मालपोत कार्यालय कलंकीका प्रमुख लुम्बप्रसाद सिवाकोटीले भने ।
अघिल्लो वर्ष यसै समयको कारोबारमा ठूलो हिस्सा हुने 'प्लटिङ' को कारोबार घटेर राजीनामा पास, बकसपत्र जग्गा दर्तालगायत काम मात्र भइरहेका छन् । मालपोत कार्यालयका अनुसार बैंकको ब्याज उच्च भएपछि जग्गा बिक्री गर्नेको संख्या पनि धेरै छ ।

Thursday, June 24, 2010

अस्थिर शेयर बजार, गिर्दो नेप्से







साताको अन्तिम दिन बिहिबारपनी शेयर बजारमा सुधार आउन सकेन । बुधवारकै घट्दो लयलाई पच्छ्याउदै बिहीवार नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ४.१५ अंकको गिरावट खेप्दै ४६३.६५ को बिन्दुमा पुगेको छ । यस साता नेप्सेमा निकै आरोह अवरोह देखिएतापनी अन्तत: नेप्सेमा सकरात्मक संकेत भने देखा परेन ।

बिहीवार शेयर बजारमा कुल ७० कम्पनिले कारोबार गरेका छन जस अनुसार ११९७ कारोबारबाट २ करोड ८० लाख ४१ हजार ३ सय बराबरका ७२ हजार २३ कित्ता शेयर खरिद बिक्री भएका छन । अघिल्लो दिनको तुलनामा आजका शेयर संख्या, कारोबार संख्या तथा कुल कारोबार रकममा थोरै मात्र कमी आएतापनी नेप्से भने ठुलो अन्तरले तल झरेको छ ।