जल तथा शक्ति आयोगका सचिव किशोर थापाको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदन उर्जा मन्त्रालयले पत्रकार सम्मेलनगरी सार्वजानिक गरेको हो । कार्यदलले आगामी सन् २०३० सम्मा ३७ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने सिफासिश गरको छ । कार्यदलले २०१४ सम्ममा २ हजार ७५ मेगावाट विद्युत उत्पादन भइ लोडसेडिङ्ग अन्त्य हुने दावी गरेको छ । कार्यदलले सन २०३० सम्ममा नेपालको विद्युत माग ११ हजार ४ सय ८० मेगावाट हुने ठहर गरेको छ । प्रतिवेदन सार्वजानिक गर्न आयोजित पत्रकार समेलनमा उर्जामन्त्री डा प्रकशसरण महतले कार्यदलको प्रतिवेदन यथार्थ धरातलमा टेकेर आएको उल्लेख गर्नुभयो ।
उहाँले मन्त्रिपरिषदको बैठकवाट पारित गराई कार्यान्वयनमा लगिने उल्लेख गर्नुभयो । सरकारले बीस २० बषर्ीय जलविद्युत विकासको योजना बनाउन गत बर्षको भदौमा सचिव थापाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलका संयोजक थापाले १० बर्षे कार्ययोजनको प्रतिस्थापनका लागि नभइ दीर्घकालिन योजनाका लागि अध्ययन गरिएको बताउनुभयो ।
सरकारले विद्युत उत्पादन संगसंगै विद्युत प्रशारण लाइन विस्तारलाइपनि त्यत्तिकै महत्वका थाथ ४ सय केभीको पूर्वपश्चिम ट्रान्समिसन लाइन बनाऊन लागेको मन्त्री महतले बताउनुभयो । यसअघि माओवादी नेतृत्वको सरकारले १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने कार्ययोजना सार्वजानिक गरेपनि त्यस अनूरुपको काम हुन सकेको छैन ।
No comments:
Post a Comment