
देशका ३० लाखभन्दा बढी युवायुवती वैदेशिक रोजगारीमा संलग्न रहेका छन् । वैदेशिक रोजगारीमा रहेकाबाट वर्षको दुई खर्ब १० अर्ब रुपैयाँ देशमा भित्रिने गरेको र यसले देशको गरिबी ४२ प्रतिशतबाट ३१ प्रतिशतमा झरेको बताइएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र गल्फ नेपाल मासिक पत्रिकाद्वारा बुधबार धादिङबेसीमा आयोजित ‘वैदेशिक रोजगार हामी सबैको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक थानेश्वर देवकोटाले सो जानकारी दिनुभएको हो ।
वैदेशिक रोजगारीबाट गरिबी घट्नु सकारात्मक पक्ष रहे पनि दक्षता हासिल नगरी स्वीकृतिबिना लुकीछुपी विदेश जाने युवायुवतीहरु श्रम र यौनशोषणको सिकार हुने गरेकाले यसबारे समाजमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक रहेको उहाँले् बताउनुभयो । अधिवक्ता विश्वराज अधिकारीले बर्सेनि धादिङबाट पाँचहजारभन्दा बढी युवायुवती वैदेशिक रोजगारमा जाने गरेकामा त्यसबाट प्राप्त उपलब्धि र नकारात्मक पक्षसहित प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि सहभागीहरुले छलफल गरेका थिए । छलफलमा उनीहरुले यस्ता कार्यक्रम ग्रामीण क्षेत्रमा सञ्चालन गरी विदेश जाने युवायुवतीहरुलाई विदेश जानुअघि अपनाउनुपर्ने सतर्कताबारे बोध गराउन तालिम आदिको व्यवस्था गरिनु आवश्यक रहेकोमा जोड दिए ।
No comments:
Post a Comment