खोज्नुस

Monday, May 31, 2010

अस्थिर शेयर बजार

शेयर बजारमा निरन्तर घटबढ हुने प्रवृत्ती बढेको छ । आइतबारमात्र आकाशिएको नेप्से परीसुचक सोमबार फेरी धरासायी हुन पुगेको छ । शेयर कारोबारम घट्बढ  हुनु   प्राकृतिक स्वभाव भएता पनि केहि दिन यता शेयर बजारमा अप्राकृतिक प्रवृत्तिका नतिजाहरु देखिना थालेका छन ।साताको पहिलो दिन २६.९५ को अंकले उल्लेखनिय रुपमा बढेको नेप्से दोस्रो दिन निरन्तरता दिन असफल हुँदै १६.२७ अंकले घट्न पुगेको छ । अघिल्लो दिन ५०६.३७ अंकमा कायम भएको नेप्से परीसुचक आज घटेर ४९०.०८ मा बन्द भएको छ ।

शोधनान्तर घाटा कम गर्न आईएमएफको सहयोग


काठमाडौ, जेष्ठ १६ - देश भित्रिनेभन्दा बाहिरिने रकम बढेर गहिरिँदै गएको शोधनान्तर घाटा कम गर्न सघाउन नेपालले २६ वर्षपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विशेष सहयोग पाएको छ । कोषको द्रुत कर्जा सुविधा (आरसीएफ) अन्तर्गत नेपालले शुक्रबार करिब ३ अर्ब १५ करोड रुपैयाँ (४२ मिलियन अमेरिकी डलर) सहयोग पाएको हो ।

Sunday, May 30, 2010

नेप्सेमा तीनपटक सर्किट ब्रेकर


आइतबार नेपाली शेयर बजार अनौठो प्रकारले बन्द भएको छ । शेयर कारोबार सुरु भएको १ घण्टा पनि नबित्दै अपरान्ह १२ बजेर ४२ मिनटमा नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ३ प्रतिशतले बढ्यो र नेप्सेले पहिलो सर्किट ब्रेकर लागु गर्दै १५ मिनटको लागी शेयर कारोबार स्थगित गर्‍यो । शेयर बजार पुना सञ्चालन हुन नपाउँदै पुन: १ बजेर ११ मिनटमा नेप्से ४ प्रतिशतले बृद्दी भयो जसले गर्दा शेयर बजार फेरी अर्को पटक ३० मिनट को लागी बन्द गरियो । दोस्रो सर्कित ब्रेकर्को समप्ती सँगै शेयर बजार सुरु मात्र क भएको थियो करिब २ बजे नेप्से परीसुचकले ५ प्रतिशतको बृद्दी लियो र तत्पस्चात 
नेप्सेले यस दिनको शेयर कारोबार बन्द भएको जानकारी दियो ।शेयर बजारको इतिहासमा यस प्रकरको घटना यस भन्दा पहिला एक चोटी दुई वर्ष अगाडी मात्र देखा परेको थियो
   

निजी बैंकहरू ग्रामीण क्षेत्रतिर आकषिर्त

 निजी क्षेत्रका बैंकहरू मोरङको ग्रामीण क्षेत्रतर्फ आकषिर्त हुन थालेका छन् । वर्ष दिनको अवधिमा मोरङको कञ्चनबारी, विराटचोक, बेलबारी, उर्लाबारी, लेटाङ र पथरीजस्ता ग्रामीण क्षेत्रका बजारमा दर्जनभन्दा बढी निजी बैंकले शाखा कार्यलय खोलेका छन् । विराटनगरमा दुई दर्जनभन्दा बढी निजी बैंकले कारोबार गर्दै आएका छन् ।मध्यम वर्गका ग्राहकलाई आकषिर्त गर्न ग्रामीण बजारमा निजी बैंकले शाखा विस्तार गरेको सम्बद्ध बैंकहरूको भनाइ छ । ग्रामीण बजारमा आँखा पुर्‍याउने बैंकहरूमा कुमारी, बैंक अफ काठमान्डु, मितेरी, विराट लक्ष्मी, सानीमा बैंक, सनराइज, पाथीभरा, एस डेभलपमेन्ट बैंकलगायत छन् ।

Friday, May 28, 2010

सुनको मुल्य प्रतितोला ३५ हजार ७ सय


काठमाडौ, जेष्ठ १३ । विवाहको सिजन सँगसँगै सुनको मुल्य पनि उकालो लाग्ने क्रम बढीरहेको छ । गत महिनादेखि नै बृद्धि भएको सुनको मृल्य बुधबार स्थानीय बजारमा प्रतितोला ३५ हजार ७ सय रुपैयाँ पुगेको छ । मुल्य बृद्धि सँगसँगै सुनको निर्यात कम भएको छ 

Wednesday, May 26, 2010

नेप्से ओरालो लाग्यो

साताको अघिल्लो दुई दिन झिनो रुपमा बढ्दै मंगलबार दुइ अंकको बृद्दी लिएको शेयर बजार बुधवार एक्कास्सी घटेको छ । मंगलबार राजनीतिक सहमती हुने आशमा १९.८१ ले बढेर ४८२.४४ म बन्द भएको नेप्से बुधवार ३.०४ अंकले घट्दै ४७९.४ मा पुगेको छ ।

बुधवार शेयर बजारमा कुल ११ सय २ कारोबार संख्यामा १४ हजार ४ सय ३० कित्ता शेयर को कारोबार हुँदै ४ करोड ८९ लाख ६ हजार बराबरको कारोबार रकम कायम भएको छ । कारोबार रकमको आधारमा बैंक अफ काठमाडौं, नबिल बैंक, स्ट्यान्डर्ड चारटर्ड बैंक सुचिको अग्रपङतिमा छन ।

कृषि विकास बैंकको साधारण शेयर बाँडफाँड सम्बन्धि सुचना




एडीबीले सात अर्ब ४६ करोड दिने

काठमाडौं, जेठ ११- एसियाली विकास बैंकले नेपाललाई सात अर्ब ४६ करोड रुपैयाँको सहयोग गर्ने भएको छ। हवाई यातायातको क्षमता विकास परियोजनाका लागि पाँच अर्ब ६१ करोड ४३ लाख १० हजार र दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाका लागि एक अर्ब ८५ करोड २५ लाख ९१ हजार रुपैयाँ अनुदान तथा ऋण सहयोग दिने भएको हो।


Tuesday, May 25, 2010

शेयर बजार उकालो लाग्यो


मंगलबार शेयर बजारले तिब्र गती लिएको छ ।अघिल्लो दिन ४६२.६३ अंकमा  बन्द भएको नेप्से मंगलवार १९.८१ अंकले वृदी हुँदै ४८२.४४ अंकमा पुगेको छ । यस अघी नेप्सेमा निकै  उतार चढाव देखिएपनी ठुलो अंकले फड्को मार्दै नेप्सेले शेयर लगानिकर्ताहरुमा आशाको दियो जगाइदिएको छ ।

नेपाल स्टक एक्स्चेन्ज को अनुसार यस दिन ९ सय ६७ कारोबारमा ४ करोड ६६ लाख ५४ हजार रुपैया बराबरको १ लाख ८ हजार्१ सय९१ कित्ता शेयर किनबेच भएका छन । यस दिनको कारोबार रकम तिस दिन यताकै सबैभन्दा धेरै कारोबार रकम भएको एक्स्चेन्जले जनाएको छ ।तीस दिन अगाडी कारोबार रकम ४ करोड ७६ लाख ५५ हजार बराबरको थियो ।

सेयर जारी गर्न सजिलो

काठमाडौं, जेठ ११ (नागरिक)- वित्तीय क्षेत्रबाहेकका कम्पनीलाई सेयर बजारमा आकर्षित गर्न धितोपत्र बोर्डले 
निर्माण अवधिमा नै सर्वसाधारणसँग पैसा संकलन गर्न पाउने व्यवस्था गरेको छ।

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा संशोधन गरी सहज वातावरण बनाएको हो। 'सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षित गर्न निर्माण अवधिमा नै पुँजी संकलनका लागि सर्वसाधारणलाई सेयर बिक्री गर्न पाउने व्यवस्था गरिएको छ,' बोर्डका अध्यक्ष शूरवीर पौड्यालले भने।

नेप्सेमा झिनो सुधार












नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य वृद्धि भएको छ । परिसूचक ० दशमलव ०६ अंकले बढेर  कारोबार बन्द हुँदा ४ सय ६२ दशमलव ६३ अंकमा पुगेको छ ।












यस दिन वित्तीय क्षेत्रको कारोबार ० दशमलव २४ र अन्य क्षेत्रको १६ दशमलव ४५ अंकले तल झरेको छ । जलविद्युत् र व्यापार क्षेत्रको कारोबार भने क्रमशः १० दशमलव ०६ र ५ दशमलव १४ अंकले बढेको छ । सोमबार ५२ हजार सेयर कित्ताबाट २ करोड १३ लाख ८७ हजार ४ सय १७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा संलग्न कम्पनीमध्ये अपी फाइनान्स र पशुपति विकास बैंक सबैभन्दा बढी फाइदामा रहे भने वाणिज्य बैंकमध्ये एसबिआई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा बढी फाइदा गरेका छन् ।

Monday, May 24, 2010

ओरालो लाग्यो सुनको मूल्य

काठमाडौ, जेष्ठ ९ - स्थानीय बजारमा यस साता सुनको मूल्य उच्च बिन्दुमा पुगेर घट्न थालेको छ । साताको दोस्रो दिन तोलामा ३५ हजार रुपैयाँ नाघेर रकर्ड कायम गरेको मूल्य अन्ततिर ओरालो लागेको हो 
गि्रसको आर्थिक संकटले युरोपेली संघअन्तर्गतका मुलुक चिन्तित भएका र त्यसको प्रभाव इटाली, पोर्चुगल र स्पेनमा समेत देखिन थालेको थियो । त्यसबाट आत्तिएका लगानीकर्ताले धमाधम सुनमा लगानी गरेपछि यो साता सुनको मूल्यले रेकर्ड कायम गरेको हो ।

Sunday, May 23, 2010

Market Information

Friday, May 21, 2010

सेयर बजारमा दोस्रो दिन वृद्धि


काठमाडौ, जेष्ठ ६ - साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज परिसूचक ५ दशमलव ५२ अंकले बढेको छ । यो वृद्धिपछि परिसूचक ४ सय ५४ दशमलव १२ बिन्दुमा पुगेको छ । वाणिज्य बैंकका सेयरमा आएको वृद्धिका कारण परिसूचक बढेको हो ।